Nic Ad Nic Ad
Nic Ad Nic Ad

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

शनिबार, असार ८, २०८१

चितवन– पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार उक्त सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा गए राति साढे १ बजेदेखि सडक दुइतर्फी अवरुद्ध भएको थियो ।

 

पहिरो पञ्छाएसँगै अवरुद्ध सडक आज बिहान साढे ५ बजेदेखि दुइतर्फी सञ्चालनमा आएको हो । सडक अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

 

 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ०८:३७
प्रतिक्रिया दिनुहोस्