Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रहरीको अपराध महाशाखा चलायमान, एसएसपी भट्टराईको नेतृत्वमा प्रभावकारी ‘अप्रेशन’

मंगलबार, जेठ २९, २०८१

काठमाडौं– गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नासाथ उपत्यका अपराध महाशाखाको नेतृत्वमा समय नसकी प्रमुख फेर्दा केही आलोचना गरिए पनि हालका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सानुराम भट्टराईले चलायमान बनाएका छन्। 

उनको कमान्डमा रहेको कार्यालयले विभिन्न प्रकरणका अभियुक्तलाई फटाफट पक्राउ गरी कानुनी दायरामा ल्याउने काम सक्रियता देखाएको छ। 

विदेश पठाउने ठगी गर्ने, अनलाईन बेटिङ गर्नेलगायतलाई पछिल्लो पटक पक्राउ गरी सार्वजनिक गरिएको छ। यसैक्रममा रोजगारीका लागि कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायत देश पठाइदिने भन्दै ३०० जनाभन्दा बढीलाई ठगी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको महाशाखाले सफल अप्रेशन चलाएको हो। 

चितवनका २८ वर्षीय राजकुमार भट्ट, कास्कीका नवीन विक र पवन पन्तलाई पक्राउ गरी सार्वजनिक गर्दै एसएसपी भट्टराई भन्छन्,‘ यो समूहले फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा फेक आइडी बनाएर आकर्षक तलब भत्ता पाउने गरी रोजगारीका लागि कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायत देश पठाउने विज्ञापन गरेका थिए।’

त्यसका आधारमा सम्पर्कमा आएकाहरुलाई बैंक खातामा निश्चित रकम जम्मा गर्न लगाउने गरेका थिए। त्यसपछि भिसा, वर्क परमिट, होटल बुकिङ, पुलिस रिपोर्टलगायतका नक्कली कागजात तयार पारेर ५ देखि १० लाख रुपैयाँसम्म उठाउने र सम्पर्कविहीन हुन गरेको प्रहरी अनुसन्धानबाट खुलेको अपराध महाशाखाले जनाएको छ।

पीडितले ठगी गरेका व्यक्तिका नाममा उजुरी गरे पनि उनीहरुले अन्य व्यक्तिको खातामा रकम जम्मा गरेको प्रहरी अनुसन्धानमा खुलेको हो।  

त्यसरी रकम जम्मा गर्न खाता प्रयोग भएका राजकुमार बस्नेतविरुद्ध वैदेशिक रोजगार ठगी मुद्दा चलेको र, अदालतले मागेको धरौटी तिर्न नसकेकाले डिल्लीबजार कारागारमा रहेको प्रहरीले जनाएको छ। यो समूहले ३०० भन्दा बढीबाट १५ करोडभन्दा बढी रकम ठगी गरेको प्रहरीको आशंका छ।

यसप्रकरणमा छानबिन चलिरहेको छ। यसैगरी तीन जनालाई अनलाइन बेटिङ गराई ५७ करोडको कारोबार गरेको तथ्यसहित पक्राउ गरिएको पनि भट्टराईले जनाएका छन्। ति मध्य दुई जना धरौटीमा छुटे पनि संजयकुमार साहलाई भने कानुनी कारबाही थालिएको हो। 

पछिल्लो पटक कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कार्यालयबाट पक्राउ गर्ने टोलीको नेतृत्व यीनै एसएसपी भट्टराईले गरेका थिए।
 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १६:३७
प्रतिक्रिया दिनुहोस्