Nic Ad Nic Ad
Nic Ad Nic Ad

निगमद्वारा क्याप्टेन पन्तको निलम्बन फुकुवा

मंगलबार, जेठ २९, २०८१

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेवानि) का क्याप्टेन भावना पन्तको उडान निलम्बन फुकुवा गरेको छ ।

नेवानिको न्यारो बडी जहाज ‘ए३२०-२००’ उडाउने क्याप्टेन पन्तलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्दै प्राधिकरणले २१ जेठमा प्राधिकरणले ‘एक्टिभ ड्युटी’ बाट हटाएको थियो । त्रिभुवन विमानस्थलको संवेदनशील क्षेत्रमा अन्तर्वार्ता दिएको भन्दै पन्तविरुद्ध प्राधिकरणमा उजुरी परेको थियो ।

उजुरीबारे छानबिन गर्दा पन्तले विमानस्थल व्यवस्थापनको पूर्वस्वीकृतिमा अन्तर्वार्ता दिएको पुष्टि भएको थियो । त्यसपछि उनको निलम्बन फुकुवा गरिएको प्राधिकरणले जनाएको छ ।

त्यसैगरी पन्तसँगै कारबाहीमा परेका नेवानिका वरिष्ठ क्याप्टेन विजय लामाको निलम्बन भने जारी छ । लामाले वाइड बडी जहाज ‘एयरबस ३३०-२००’ जहाज उडाउँछन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्