नेभिगेशन
समाज विविध

कारण देखाऊ आदेश जारी गर्दै अन्तरिमका लागि गृहमन्त्री लामिछाने र पोखरेललाई सर्वोच्चले बोलायो

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधीवक्ता दिनमणि पोखरेललाई कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका निम्ति सर्वोच्च अदालतले बोलाएको छ। 

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेशका लागि दुवैजनालाई उपस्थित हुन भनेको सर्वोच्च स्रोतले जनायो। न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेशसहित दुवैजनालाई छलफलका लागि उपस्थित हुन भनेको हो। 

सहकारी ठगी प्रकरणमा रवि संलग्न नरहेको भनी महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र गैरकानूनी रहेको भन्दै दुवैजनालाई कारबाहीका लागि रिट दायर भएको थियो । आगामी २८ गतेका लागि पेशी तोकिएको छ। 

गृहमन्त्रीलाई पदबाट निलम्बन गर्नुपर्ने माग राखी रिट दायर भएको थियो। सहकारी ठगी प्रकरणमा महान्यायाधीवक्ताको कार्यालयले मुद्दा नचलाउने भनी निर्णय गरेको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

भारतीय दूतावास अगाडि प्रदर्शन

देशका अधिकांश भागको मौसम सफा रहने