Nic Ad Nic Ad
Nic Ad Nic Ad

शुक्रबारदेखि आन्दोलन गर्ने सहकारी पीडितको घोषणा

बुधबार, जेठ ९, २०८१

काठमाडौँ- आउँदो शुक्रबारदेखि मुलुकभरका सहकारी पीडितले तेस्रो चरणको आन्दोलन गर्ने भएका छन् । 

सरकारले यसअघि गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेको भन्दै पीडितहरूको संगठन सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले जेठ ११ गते (शुक्रबार) ११ बजेदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेको हो ।पीडितको पैसा फिर्ता गर्ने सम्बन्धमा यसअघि भएका कुनै पनि सम्झौता कार्यान्वयन नगरेको कारण तेस्रो चरणको आन्दोलन गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघलेका अध्यक्ष कुशलव केसीले बताए ।

आन्दोलनका लागि सबै बचतकर्तालाई जेठ ११ गते ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन पनि उनले आग्रह गरे ।

पत्रकार सम्मेलनमा अध्यक्ष केसीले सबै राजनीतिक दलहरुलाई सहकारीका बचतकर्ताको पक्षमा आवाज उठाइदिन र समस्या समाधानका लागि पहल गर्न उनले अनुरोध गरे । आफूहरूले तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीसँग विभिन्न सम्झौता गरेपनि अहिलेसम्म ती सम्झौता तथा सहमति पालना नभएको जिकिर गरे । उनले हालका मन्त्री बलराम अधिकारीसँग पनि सम्झौता भएको बताए । तर, अहिलेका मन्त्रीले पनि बचतकर्ताको पक्षमा कुनै काम नगरेको कारण संघर्षका कार्यक्रम घोषणा गर्नु परेको उनको आरोप थियो ।

सहकारी पीडितहरूले न्याय नपाए आगामी ०८४ को निर्वाचन हुन नसक्ने उनको भनाइ छ ।

साथै, अध्यक्ष केसीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई समाचार लेखेकै भरमा पक्राउ गरिएको हो भने आफूहरूलाई सहृदय नहुने चेतावनी दिए ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका उपाध्यक्ष पुरुषोत्तम कार्की, कोषाध्यक्ष देवकुमार श्रेष्ठ वरिष्ठ सल्लाहकार भीमकुमार श्रेष्ठलगायतले सरकारले सहकारी पीडितको पक्षमा काम गर्न नसकेको बताए । उनीहरूले अब सशक्त आन्दोलनमा होमिनुको विकल्प नरहेको बताए । सबै सहकारी पीडितलाई उक्त आन्दोलनमा होमिन उनीहरूले आग्रह गरे ।

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  २१:३८
प्रतिक्रिया दिनुहोस्