Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिरोहियालाई पक्राउ गर्न प्रहरी कार्यालयमा पुग्नु अस्वीकार्य कदम : सिके राउत

मंगलबार, जेठ ८, २०८१

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरिनु र पक्राउ गर्न कार्यालयमा पुग्नु लोकतन्त्रका लागि अस्वीकार्य कदम भएको टिप्पणी गरेका छन् ।

राउतले सामाजिक सञ्जालमा टिप्पणी गर्दै  यो प्रतिशोधपूर्ण रहेको बताएका छन् ।


उनले भनेका छन् – कसैलाई पनि भन्नु पर्छ र, कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राऊ पुर्जी जारी गर्नु र कार्यालय प्रहरीद्वारा घेर्नु प्रतिशोधपूर्ण छ भनेर ? यो लोकतन्त्रको लागि सर्वथा अस्वीकार्य कदम हो। रविजी, तपाईंसँग हाम्रो पनि आशा र औचित्य जोडिएको छ, कुनै कदम चाल्नु अगाडि नबिर्सिदिनुस्


 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १९:१२
प्रतिक्रिया दिनुहोस्