Nic Ad Nic Ad
Nic Ad Nic Ad

एकीकृत समाजवादीले भन्यो : सिरोहिया पक्राउ गरेर प्रेस र राज्यबीच द्वन्द्व सिर्जना गर्न खोजियो

मंगलबार, जेठ ८, २०८१

 काठमाडौँ - सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएकोप्रति आपत्ति जनाएको छ।

मंगलबार कान्तिपुर प्रधान कार्यालय थापाथलीस्थित कार्यकक्षबाटै सिरोहियालाई प्रहरीले पक्राउ गरेकोमा सत्तारुढ दलकै एक घटकले आपत्ति जनाएको हो।

महासचिव घनश्याम भुसालद्वारा जारी विज्ञप्तिमा सिरोहिया पक्राउ गरेर प्रेस र राज्यबीच द्वन्द्व सिर्जना गर्न खोजिएको बताएका छन्।


विज्ञप्तिमा भनिएको छ, ‘प्रतिष्ठित सञ्चार गृह कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरिएको घटनाले प्रेस र राज्यकाबीच द्वन्द्व सिर्जना गर्न खोजिएको देखिन्छ। मिडियालाई दबाबमा राख्ने कुनै पनि प्रयास निन्दनीय छ। यो कार्य कान्तिपुरको निडर पत्रकारिता विरुद्ध गरिएको षड्यन्त्र होइन भन्ने कुरा सरकारले तुरुन्त पुष्टि गर्नु पर्छ।’


 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १९:०८
प्रतिक्रिया दिनुहोस्