Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि लामिछानेको नामै राखेर बन्दैछ सहकारी ठगीको समिति, नबने रास्वपा अलग हुने

मंगलबार, जेठ ८, २०८१

काठमाडौं– सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिका लागि गठित कार्यदलले गृहमन्त्री रवि लामिछानेको नामै राख्ने तयारी गरेको छ। 

मंगलबार सुरु भएको बैठकमा नेपाली कांग्रेसको अडानमा कार्यदलमा लामिछानेको नाम राख्ने सहमति जुट्ने बताइएको छ। 

यदि सहमति नजुट्ने अवस्था आएको खण्डमा कार्यदलबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि अलग हुनेछन्। 

कार्यदलमा रहेका रास्वपा सांसद शिशिर खनालले पनि समितिमा सभापति लामिछानेको नाम राख्नलाई सुझाव पाएको बताएका छन्। अन्य कुरामा सहमति नभए कार्यदलबाट रास्वपा अलग हुन सक्ने उनले संकेत दिए। 
 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ११:०२
प्रतिक्रिया दिनुहोस्