Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारबाट बाहिरियो जसपा नेपाल, उपेन्द्रको राजीनामा 

सोमबार, वैशाख ३१, २०८१

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएको छ। 

उपप्रधान तथा स्वास्थ्य मन्त्री पदबाट यादवले राजीनामा दिएका छन्। उनीसँगै राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिए। 

दुवैजनाले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकोले राजीनामा दिएको उल्लेख गरेका छन्।

योसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाएको विश्वासको मतमा ५ जना सांसदको मत घटेको छ। जसपा नेपाल विभाजन भई अशोक राईको नेतृत्वमा जसपा गठन भएको थियो।

upendra-rajinama-1715578876.jpg

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्