सहकारी ठगीका प्रमाण बोकेर सदन पुगेका गगन थापाले भनेः प्रश्नको घाँटी निमोठिँदैछ

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सदनमा प्रश्नको घाँटी निमोठ्ने काम भएको आरोप लगाएका छन्। उनले त्यसो गरेर कांग्रेसको आवाजलाई हल्का नठान्न पनि उनले चेतावी दिए। 

कांग्रेसले सहकारी ठगी प्रकरणमा नाम मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन नभएसम्म सदन चल्न नदिने थापाको जिकिर थियो। 

प्रमाण र दस्ताबेजको १५ वटा ठेली बोकेर आएका थापाले भने,‘गृहमन्त्री केही समयअघि सदनको बाहिर उभिएर चार बर्ष बन्द भए पनि हुन्छ। मजाले चलाउने भन्नुभएको थियो। उहाँ भर्खर आएकोले थाहा नहुन सक्छ। तर प्रधानमन्त्रीले सदन कसरी चलाउनुपर्छ भन्ने थाहा पाएको होला नि।’

हिसाबकिताब बिग्रने डर सबैमा रहेकाले आज सदनमा जुन दृश्य बन्दैछ त्यसको कारण कांग्रेस नभएर सरकार भएको थापाको भनाई थियो। 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्