Nic Ad Nic Ad
Nic Ad Nic Ad

संसद बैठकअघि कार्यव्यवस्था नै बस्ने स्थिति बनेन, कांग्रेस कडा छ!

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौं– संघीय संसदको बजेट अधिवेशनअघि बस्नुपर्ने कार्यव्यवस्था समितिको बैठक नेपाली कांग्रेसका कारण प्रभावित भएको छ।

शीर्ष नेता बोल्ने विषयमा कांग्रेसले सहमति नदिएपछि सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक र सचेतकसँगको बैठकको जानकारी आ–आफ्ना नेतालाई गराइएको छ। 

कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले पठाएको पत्र जानकारी गराउन मात्र दिने विषयमा सहमति जनाए पनि प्रमुख दलका शीर्ष नेता बोल्ने विषयमा असहमति जनाएको थियो। 

सबैभन्दा ठूलो दल तथा प्रमुख प्रतिपक्षी कांग्रेसको कडा निर्णयका कारण सभामुख घिमिरेले कार्यव्यवस्था समितिको बैठक नै गराउन सकेका छैनन्। त्यसपछि मात्र संघीय संसदको संयुक्त बैठक हुनेछ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्