आजदेखि भंगहा-जनकपुर-जयनगर रेल सेवा ३ दिन बन्द

आइतबार, वैशाख २३, २०८१

काठमाडौं -भंगहा–जनकपुर–जयनगर रेल सेवा आजदेखि तीन दिनका लागि बन्द भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महा प्रबन्धक निरञ्जन झाले एक सूचना जारी गर्दै मंगलबारसम्म रेल सेवा बन्द रहने जानकारी दिएका हुन् ।


भारत बिहारको मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा मंगलबार हुने निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्र शनिबार रातिदेखि तीन दिनका लागि सिल हुँदा रेल सेवा बन्द गरिएको उनले बताए ।

‘मिति २०८१/०१/२३ गते आइतबारदेखि २०८१/०१/२५ गते मंगलवार सम्म ३ (तीन) दिनको लागि भंगहा–जनकपुर जयनगर खण्डमा संचालित रेल्वे सेवा पूर्ण रुपमा बन्द रहने व्यहोरा सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरोध छ,’ सूचनामा भनिएको छ । आगामी बुधवारदेखि रेल सेवा साविक बमोजिम नियमित सञ्चालन हुने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०९:३६
प्रतिक्रिया दिनुहोस्