Nic Ad Nic Ad
Nic Ad Nic Ad

भोजपुरको आमचोकमा बोलेरो दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु 

सोमबार, वैशाख १७, २०८१
samridhi jewllers

काठमाडौं– भोजपुरको दक्षिणी भेगको आमचोक गाउँपालिका–८ मा यात्रु बोकेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ।

आमचोक गाउँपालिका वडा नम्बर ८ तारकुवामा बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जीप दूधकोशी नदी किनारमा खसेको हो।

जीपमा सवार आमचोक गाउँपालिका–१० की २७ वर्षीया रुँगा राईको घटनास्थलमा नै मृत्यु भएको हो। घाइतेहरुलाई उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्