नेपालका ५ खेलाडी फेरिए

आइतबार, वैशाख १६, २०८१

काठमाडौं– टी–२० क्रिकेट सिरिज अन्तर्गत वेस्ट इन्डिजसँगको आजको खेलमा नेपालले टस हारेर फिल्डिङ गर्ने भएको छ। वेस्ट इन्डिजले ब्याटिङ रोजेको थियो।

वेस्टइन्डिज ए विरुद्ध आफ्नो प्लेइङ ११ मा नेपालका तर्फबाट ५ खेलाडी फेरिएका छन्। 

नेपालले आजको खेलमा लोकेश बम, आरिफ शेख, सोमपाल कामी, सागर ढकाल र आकाश चन्दलाई मौका दिएको छ ।

पहिलो खेलबाट विवेक यादव, प्रतिश जि.सी, कमल सिंह ऐरी, अभिनाश बोहरा र ललित राजवंशी बेन्चमा छन् ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्