जन्मदिनमा सृजनशील मेयर बालेनको सरप्राईज "अश्र"

शुक्रबार, वैशाख १४, २०८१

काठमाडौ - आफ्नो जन्मदिनको अवसर पारेर काठमाडौं महानगरपालिका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)ले एउटा कविता संग्रहमार्फत सरप्राइज दिएका छन्।

ब्यस्त सहरको अति व्यस्तताकाबीच मेयर बालेनले लेखेको ७० वटा कविताहरू संग्रहीत ‘अश्र’ सार्वजनिक गरेका हुन्। अश्र भनेको मन्थन गरेर निस्किएको भावना, संवेदनाको सार अर्थात् त्यो आँसु हो।  
 

गायन र लयमा भाव व्यक्त गर्ने बालेनले कविता संग्रहमार्फत पनि भावनादेखि अनुभवसम्मलाई पोखेका छन्। यो पुस्तक बुकहिलले प्रकाशन गरेको हो।
 

वैशाख १४ गते उनको जन्मदिन हो। बालेन ३४ बर्ष पुगेका छन्। काठमाडौं महानगरवासीलाई काममार्फत मुस्कान छरिरहेका उनलेचाहिँ जीवनका भोगाईसहितका कविता संग्रह तयार पार्दा ‘अश्र’ किन राखे होला त्योचाहिँ कविता पढेर मात्र बुझ्न सकिएला।
 

मेयरमा बिजयी हुनुअघिसम्म फोहोरी राजनीतिका कारण कुरुप भएको काठमाडौं र यहाँका बासिन्दाको आँसुलाई मुस्कानमा बदल्ने प्रामाणिक काम गरेका बालेन विश्वभर नै चर्चित र लोकप्रिय छन्।
 

मेयर निर्वाचित भई कार्यभार सम्हालेपछि उनले नविनतम प्रयोग गरेका थिए, जसको सिको अन्य नगरपालिकाका प्रमुखहरुले पनि गरे। जस्तो डोजर चलाऊ अभियान।  
 

पदभार ग्रहण गरेलगत्तै पहिलो कदमको रूपमा, बालेनले नगर परिषद्को बैठकहरूको प्रत्यक्ष प्रशारण प्रस्तुत गरे, सहरमा पहिलो पटक यस्तो अभ्यास लागू भएको थियो।
 

यो पहल सकारात्मक प्रतिक्रिया प्राप्त भयो र पारदर्शिताप्रति प्रतिबद्धताको लागि प्रशंसा गरिएको थियो। उनले व्यवसायहरूलाई उनीहरूको शौचालयमा सार्वजनिक पहुँचको अनुमति दिन प्रोत्साहित गरे, जसले सहर भर विभिन्न निजी प्रतिष्ठानहरूमा सार्वजनिक शौचालय संकेतहरूको उद्भवको नेतृत्व गर्यो।
 

उनले नेवा सम्पदा र वास्तुकलाको संरक्षणका लागि सार्वजनिक भाषणहरूमा पनि सार्वजनिक पूर्वाधारमा नेवा छेन प्रकारका भवनहरूलाई पुनरुत्थान गर्ने प्रतिबद्धता जनाएअनुसार समिति निर्माण गरी काम सुरु भए।
 

आफ्नो कार्यकालमा, बालेनले राष्ट्रियताको विचारको वकालत गरेका छन् र मूलधारका राजनीतिक दलहरू, संघीय सरकारको आलोचनामा आवाज उठाइरहेका छन्।
 

पछिल्लो पटक भने सहरको सौन्दर्यताका निम्ति पेन्टिङ, फोहोर व्यवस्थापनको उचित कार्यान्वयन, भौतिक निर्माणमा भएका कमजोरीविरुद्ध कडा कदम, शिक्षामा व्यापक सुधार गरेका बालेनका कारण नै काठमाडौंका सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढिरहेको पाइन्छ।
 

बसन्तपुरलाई पर्यटकीय स्थल कायम गरी राष्ट्रपतिसम्मको सवारी नहुने व्यवस्थाको निर्णय बालेनले गरेका थिए।
 

अव्यवस्थित बस्ती हटाउने, अवैध संरचना भत्काएर सडक खुला गर्ने, फुटपाथ सहज बनाउने, फुटपाथ सुन्दर बनाउने, अखाद्य बस्तु विक्रि बितरण गर्नेमाथि कडा कारबाही र जरिवाना यी र यस्ता काममा उनको व्यस्तता छ। उनको लोकप्रियताले निरन्तर प्रभाव पारिरहेको छ। 

IMG_20240426_182213-1714135123.jpg

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार