कतारका राजा थानी काठमाडौंमा 

मंगलबार, वैशाख ११, २०८१

काठमाडौं– कतारका राजा काठमाडौं आइपुगेका छन्।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन् । थानी चढेको विमान ३ बजेर २ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले विमानस्थलमा स्वागत गरेका छन्। 

उनलाई विमानस्थलमै २१ तोपको सलामी दिएर सम्मान दिइएको छ। 

कतारका अमिरको भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिइएको छ । 

मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक हुन लागेको यो उच्चस्तरको भ्रमणमा हो। थानी बंगलादेशको राजकीय भ्रमण सकेर नेपाल आएका हुन्।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्