Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज यी प्रदेशमा वर्षाको सम्भावना

मंगलबार, वैशाख ११, २०८१

काठमाडौँ - हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ।

मंगलबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भई देशका बाँकी भू-भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

लुम्बिनी प्रदेश लगायत कोशी, मधेस, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका तराइका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली  रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले बताएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०६:२८
प्रतिक्रिया दिनुहोस्