मध्यराती आक्रमण हुँदा जसपा पूर्वसांसद साहसहित चार घाइते, आक्रमणमा संलग्नहरू तीन पक्राउ

सोमबार, वैशाख ३, २०८१

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का पूर्वसांसद प्रमोद साहमाथि सर्लाहीमा मध्यराती आक्रमण भएको छ। आक्रमणमा साहसहित तीन जना घाइते भएका छन्। 

तीन आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ। 

आइतबार राति १२ बजे सर्लाहीको हरिपुर नगरपालिका–६ मा साहमाथि आक्रमण भएको हो। उनीसँगै साहका कामदार राजेन्द्र महतो र रवि पासवान र निकेश साह पनि घाइते भएका छन् । आक्रमणबाट घाइते भएका साहको हरिपुरकै अमृत हेल्थकेयरमा प्रारम्भिक उपचार भएको थियो। 

उनको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। तर, स्वास्थ्य भने खतरामुक्त छ। कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले आर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझी छन्। उनीहरुमाथि अनुसन्धान जारी राखिएको छ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्