इजरायलमा नेपाली श्रमिक सुरक्षित छन् : मन्त्री अर्याल

आइतबार, वैशाख २, २०८१

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले इजरायलमा रहेको नेपाली श्रमिकको विषयमा चासो व्यक्त गरेका छन् ।

आइतबार विहानदेखि इरानले इजरायलको राजधानी तेलअविव लगायतका क्षेत्रमा ड्रोन आक्रमण गरेपछि श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सुरक्षाको विषयमा चासो व्यक्त गरेका हुन् ।

श्रममन्त्री अर्यालले इजरायलकालागि नेपाली राजदूत कान्ता रिजालसँग टेलिफोनमा सम्पर्क गरी नेपाली श्रमिकको बारेमा जानकारी लिएका थिए ।

राजदूत रिजालका अनुसार अहिलेसम्म नेपाली श्रमिक सुरक्षित छन् । साथै दूतावासले अत्यावश्यकबाहेक घरबाट ननिस्कन नेपाली श्रमिकलाई आग्रह गरेको जानकारी दिए । इजरायल चार हजार नेपाली बसोबास गर्छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  २१:२४
प्रतिक्रिया दिनुहोस्