मन्त्रिपरिषद बैठकः संसद अधिवेशन अन्त्य, ओलीको खल्तीबाट राष्ट्रिय सभा सदस्य सिफारिस

शुक्रबार, चैत ३०, २०८०

काठमाडौं– मन्त्रिपरिषदको बैठकले प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिसको निर्णय गरेको छ। 

शुक्रबार सिंहदरबारमा बसेको बैठकले आगामी वैशाख २ गतेदेखि नै अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो। 

यो सिफारिस अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति भएको थियो। 

यसैगरी रिक्त रहेको राष्ट्रिय सभा सदस्यमा ओलीको खल्तीबाट सिफारिस गरिएको छ। उनको सरकारका पालामा राजदूत बनाइएकी अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरिएको हो। 
 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १५:१६
प्रतिक्रिया दिनुहोस्