ओली–प्रचण्ड भेटपछि मन्त्रिपरिषद बैठकको मुख्य एजेन्डाः संसदको हिउँदे अधिवेशन अन्त्य

शुक्रबार, चैत ३०, २०८०

काठमाडौं– सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भेटवार्तापछि मन्त्रिपरिषद बैठक चलेको छ। 

बैठकको मुख्य एजेन्डा प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्यको निर्णय हुनेछ। ओली र प्रचण्डबीच यहि छलफल भएको थियो। 

सदनको अधिवेशन अन्त्य भएपछि नेपाली कांग्रेसले जारी राखेको गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग पनि तत्काल धकेलिने स्थिति बनेको छ। 
 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्