मन्त्रिपरिषद बैठक बस्दै, के गर्ला निर्णय?

शुक्रबार, चैत ३०, २०८०

काठमाडौं– मन्त्रिपरिषदको बैठक शुक्रबार अपरान्ह बस्ने भएको छ। बिहीबार बस्न नसकेको नियमित बैठक एक दिन पछि धकेलिएको एक मन्त्रीले जानकारी दिएका छन्। 

विभिन्न मन्त्रालयका प्रस्तावसहित बस्न लागेको बैठकमा नियमित एजेन्डा रहने बताइन्छ। संसद अवरोधको मुख्य कारणमा भने मन्त्रिपरिषदमा चर्चा नहुने बताइएको छ।

शिक्षा मन्त्रालयको चिकित्सा शिक्षा अध्ययन समितिको प्रतिवेदन कार्यान्वयनको प्रस्ताब बैठकले पारित गर्ने बताइन्छ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्