राजनीतिलाई पछिल्लो दिनमा पैसा कमाउने माध्यम बन्यो : राजेन्द्र लिङदेन

बिहीबार, चैत २९, २०८०

काठमाडौँ - राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकको राजनीतिलाई पछिल्लो दिनमा पैसा कमाउने माध्यम बनेको बताएका छन् । 

आज काठमाडौँमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिलाई व्यवसाय बनाउने र पैसा कमाउने माध्यमको रुपमा बुझ्दा विकृत जस्तो भएको बताएका हुन् ।

उनले राजनीति भन्ने बित्तिकै ओढ्ने ओछ्याउने व्यवसाय, छोराछोरी पाल्ने पेसा जस्तो मानिराखेको र राजनीति गर्ने मान्छेसँग डराउने अवस्था आएको धारणा राखे । उनले राजनीतिक लेखपढले मात्रै नहुने उल्लेख गरे ।

राजनीतिलाई पेशा नभई सेवाको रुपमा अबलम्वन गर्ने अग्रजहरुप्रति सम्मान रहेको उनले बताए । कार्यक्रममा लिङदेनले बरिष्ठ समाजसेवी, राजनीतिक तथा सामाजिक व्यक्तित्व गंगादेवी थपलियाको जीवनयात्रा पुरस्क लोकार्पण गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  २०:१६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार