बालुवाटारमा सहमति भएन, सदन खुलाउन प्रमुख सचेतकसँग सभामुखले थाले परामर्श

मंगलबार, चैत २७, २०८०

काठमाडौं– नेपाली कांग्रेससहितका दलसँग प्रतिनिधि सभा सुचारु गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा भएको बैठक बिना सहमति सकिएको छ। 

सदन खुलाउनुपूर्व सहकारी ठगी प्रकरणमा संसदीय समिति गठनको माग राखेको कांग्रेससँग सहमति गर्न खोजे पनि हुन नसकेको बताइएको छ। कांग्रेसले संसदीय दलको बैठकबाट नै सहकारीमा व्यापक ठगी भएका कारण समिति गठन नगरे सदन चल्न नदिने निर्णय गरेको थियो। 

त्यसपछि बालुवाटारमा कांग्रेसका कृष्ण सिटौला र महामन्त्री गगन थापासहित भएको मुख्य दलका नेतासँग भएको बैठक सहमतिमा पुग्न सकेन। 

यसैबीच सदन सञ्चालन गर्नेे विषयमा सभामुख देवराज घिमिरेले विभिन्न दलका प्रमुख सचेतकसँग बानेश्वरमा छलफल थालेका छन्।
 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्