प्रधानमन्त्री प्रचण्डले देउवालाई फोन गरे, देउवाले दूत बनाएर पठाए सिटौला र थापा

मंगलबार, चैत २७, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टेलिफोन गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई बालुवाटार बोलाएका थिए। तर, देउवाले दूत बनाएर नेता कृष्ण सिटौला र महामन्त्री गगन थापालाई पठाएको स्रोतले जनाएको छ। 

प्रतिनिधि सभाको आजको बैठकमा कांग्रेसले अवरोध गर्ने अवस्थालाई सहजीकरणका लागि प्रचण्डले देउवासँग वार्ता गर्न चाहेका थिए। तर, कांग्रेसको संसदीय दलको बैठक चलिरहेका बेला फोन आएपछि सिटौला र थापालाई बालुवाटार पठाइयो। 

कांग्रेसले आजको बैठकमा सहकारी ठगी सम्बन्धमा छानबिनका लागि संसदीय समितिसहित आउन सरकारलाई अल्टिमेटम दिएको थियो। त्यसपछि सभामुख देवराज घिमिरेले डाकेको शीर्ष नेतासहितको चार दलको बैठकमा त्यस्तो सहमति हुन सकेन। 
 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १०:३०
प्रतिक्रिया दिनुहोस्