विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्ष उम्मेदवार बनाउने कांग्रेसको निर्णय 

मंगलबार, चैत २७, २०८०

काठमाडौं– नेपाली कांग्रेसले काठमाडौंकी विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने निधो गरेको छ। 

आज बसेको संसदीय कार्यसमितिको बैठकले पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। 

आज मनोनयन दर्ता गरिने उक्त उम्मेदवारीका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेकी कपिलबस्तुकी नेत्री बिमला घिमिरे पनि चुनावी मैदानमा छिन्।
 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १०:१३
प्रतिक्रिया दिनुहोस्