एमाले नेतामाथि गम्भिर आरोप

महेश बस्नेतको राजनीतिमा बलात्कार र भ्रुण हत्या जाहेरीको बादल, मध्यरातमा एमालेमाथि शोभा पाठकले गरिन् प्रहार (भिडिओ) 

सोमबार, चैत २६, २०८०

काठमाडौं– कार्यस्थलमा महिला कर्मचारीमाथि यौन सम्बन्ध कायम राखेको वा जबरजस्ती गरेको भन्ने उजुरीका आधारमा धेरैका जीवन सखाप भइसकेका छन्। यहाँसम्मकी अभिनेता पल शाहदेखि क्रिकेटर सन्दीप लामिछानेसम्मको करिअर डामाडोल भए। लामिछानेको मुद्दा अहिले पनि उच्च अदालतमा चलिरहेको छ। उच्च अदालतले झगडिएका भनिएकी लामिछानेसहित ‘गौशाला २६’लाई उपस्थित गराउनका लागि आदेश समेत दिएको छ।

पछिल्लो पटक टिकटक भिडिओबाट शिलशिला सुरु भएको नेकपा एमालेका युवा फाँट इञ्चार्ज तथा पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध उनकै कार्यकर्ता शोभा पाठक भन्नेले प्रेमदेखि बलात्कार र लुटपाटसम्मका अभियोग खुलेआम लगाउँदै आएकी छन्। 

अब भने बस्नेतविरुद्ध बलात्कार, अपहरण र भ्रुण हत्यासम्मको जाहेरी समेत परिसकेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंमा उक्त जाहेरी दर्ता भएपछि बस्नेतको राजनीतिक करिअर नै डामाडोल हुने स्थितिमा पुगेको छ। 

सकी नसकी बस्नेतले यसको प्रतिरोध गरे पनि आफ्नै सचिवालयमा कर्मचारी बनाएर राखेकी महिलाले नै अभियोग लगाउनु र अर्को उजुरी पनि पर्नुले बस्नेतमाथि शंकाको नगर्ने कारण देखिएको छैन। त्यहाँमाथि मेडिकल ब्यावसायी दुर्गा प्रसाईंले गरिरहेको प्रहारले पनि उनलाई थचक्क पारेको छ।

प्रहरीले महेश बस्नेतमाथिको जाहेरी दर्ता गरेको छ। एक महिलाले आफूमाथि बलात्कार भएको दाबीसहित बस्नेतविरुद्ध हुलाकमार्फत जाहेरी पठाएकी थिइन् ।

सोही जाहेरीबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए।

प्रहरी र सरकारी वकिल कार्यालयलाई हुलाकमार्फत एउटै प्रकृतिको उजुरी पुगेको थियो। ती महिलाले आफूमाथि बस्नेतले काठमाडौं बबरमहलस्थित सनसाइन अपार्टमेन्ट र भारतमासमेत बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छन्। त्यति मात्र होइन जबरजस्ती भ्रुण हत्या गर्न लगाएको आरोप समेत लगाएकी छन्।

कम उमेरमा नै गाविस अध्यक्ष भएर उठेको बस्नेतको राजनीतिक कद यहि उजुरीका कारण सखाप हुने स्थिति आएको छ। यति मात्र होइन एमालेको युवा संघलाई स्थापित गराउनका लागि उनको कम भूमिका थिएन। 

भिडिओ 

 

माओवादीको योङ कम्युनिस्ट लिग (वाइसीएल)को जगजगी भएको र शान्ति प्रक्रिया आउँदा पनि एमाले बुटबलका युवा नेता प्रचण्ड थैवको हत्या गरेपछि बस्नेतको नेतृत्वमा युथ फोर्स गठन गरी प्रतिरोध सुरु भएको थियो। 

लडाकु स्वभावका बस्नेतको नेतृत्वमा रहेको युथ फोर्सले देशैभरी वाईसीएलको जगजगीलाई फितलो बनाउँदा बस्नेतको राजनीतिक कद कम ठूलो भएको थिएन। त्यसैले उनलाई उपहारस्वरुप हालका एमाले अध्यक्ष केपी शर्मा ओलीको कोटामा तत्कालिन कांग्रेस सभापति तथा प्रधानमन्त्रीसमेत रहेका सुशील कोइराला नेतृत्वको सरकारमा उद्योग मन्त्रालयको जिम्मेवारी समेत दिइएको थियो। 

हो, त्यहि मन्त्रालयको जिम्मेवारी पाउँदा उनले सचिवालयमा राखेकी शोभा पाठक भन्ने कार्यकर्तासँगको हिमचिम कालान्तरमा आएर निल्नु न ओकल्नुको अवस्था छ। जाहेरी दिनेको नाम उल्लेख छैन। तर, ति पाठक भने खुलेआम मिडियामा महेश बस्नेतसँग प्रेम सम्बन्ध स्थापित भएको र अहिले तिनै बस्नेतका कार्यकर्ताले लुटपाट गरेकोसम्मको आरोप लगाउँदै हिँडेकी छन्। 

यति मात्र होइन, सामाजिक सञ्जालमा पनि पाठकले खुलेआम बस्नेतविरुद्ध लेखिरहेकी छन्। उनले पछिल्लो समय फेसबुकमार्फत बस्नेतलाई त डकुमेन्ट फिर्ताका लागि सम्बोधन गरेर स्ट्याटस लेखिन्। 

पटक–पटक फोन गर्दा पनि बस्नेतसँग सम्पर्क हुन नसकेको जनाउँदै उनले फेसबुकबाट आफ्नो डकुमेन्ट फिर्ता मागेकी हुन्। बस्नेतसँग डोलेश्वर मन्दिर परिसरमा खिचिएको फोटो फेसबुकमा सेयर गर्दै शोभाले लेखेकी छन्, ‘मलाई मेरो पासपोर्ट, नागरिकतालगायत सबै डकुमेन्ट चाहिएको छ। तपाईं कहाँ हुनुहुन्छ। मेरो फोन नउठाएर बस्न मिल्दैन तुरुन्त मलाई मेरो डकुमेन्ट उपलब्ध गराइदिनु। मानवीयता भन्ने कुरा हुनुपर्छ, राजासाव। अति गर्नु अत्याचार नगर्नु’, उनले लेखेकी छन्।

यति मात्र कहाँ हो र पाठक बस्नेतविरुद्ध मात्र होइन अब त एमालेविरुद्ध नै खनिन थालेकी छन्। युवा संघको केन्द्रीय सदस्य समेत रहेकी उनले एमाले भनेको हत्यारा, बलात्कारी, अपराधी लुकाउने पार्टी हो भन्दै लाइभ भिडिओ नै शेयर गरिन्। झुक्किएर पनि एमालेमा नलाग्नुहोला भन्दै उनी लाइभमा आएकी थिइन्। 

महेश बस्नेतविरुद्धको जाहेरीको कारबाही के होला? प्रक्रियामा गयो कि गएन। दर्ता भएपछि प्रक्रियामा जान्छ नै। तर, शोभा पाठकसँगको खेल के हो? आफैंलाई सिध्याउन लागि परेको भन्ने महेश बस्नेतकै आँखाबाट हेर्ने हो भने पनि सचिवालयमा किन लगेको त? लगेपछि अन्तरंग सम्बन्ध किन गाँसेको त? गाँसेपछि टिकटकमा अन्तरंग भिडिओ किन बनाएको त?

गल्ती नगरेको भए डराउन पर्दैन तर गल्ती गरेको भए कारबाहीको भागीदार पनि त बन्नुपर्ला। अनि, पाठकलाई पनि यतिबेला आएर हुर्मत लिनुपर्ने बाध्यता के आई लाग्यो। हिजो तिनै महेश बस्नेतसँगको सम्बन्धको कुरा आउँदा एउटा युट्युवरलाई साईबर ब्युरोमा उजुरी हालेर पक्राउ गराएको होइन। जे जस्तो होस् त्यो मनोज मानव भनिने व्यक्ति अहिले पनि पाठकको उजुरीका कारण नै थुनामा छन्। 

तिनै मनोज मानवसँग ‘आमाचकारी’ गाली गलौजको अडिओ भिडिओ आएको होइन? त्यसबेला त महेश बस्नेतको खुबै प्रतिरक्षा गरिएको थियो त? अहिले फेरि उनै बस्नेत कसरी दुश्मन भए? कसरी अन्याय भयो? आफूलाई चित्त नबुझ्दा अन्याय हुने अनि चित्त बुझ्दा खै कसरी प्रेम बस्यो भन्ने मिल्छ? 

महिलावादीहरूको एउटा कार्यक्रममा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले दिएको तर्क यतिबेला सम्झनलायक छ। समाज कतातिर जाँदैछ? मनपर्दा ठिक, मन नपर्दा मानिस गलत भनेर एलिगेशन लगाउनु मात्र महिला अधिकार हो? 

त्यसैले कुनै पनि नेता होस् वा व्यक्ति उसले कस्ता व्यक्तिलाई अगाडि बढाउने, कतिसम्म नजिक वा परको सम्बन्ध राख्ने? अनि कसरी जोखिने भन्ने ख्याल गरेको राम्रो। अन्यथा यस्ता कथा एउटा–दुईटा होइन अनेक आउनेछन्। 
 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्