नेपाली राजनीतिमा शुद्धीकरणको नेतृत्व कांग्रेसले लिनुपर्छः उपसभापति गुरुङ

शनिबार, चैत २४, २०८०

मोरङ - नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली राजनीतिमा शुद्धीकरणको नेतृत्व नेपाली कांग्रेसले लिनुपर्ने धारणा राख्नुभएको छ 

    नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घ ट्रेड युनियनको ११औँ केन्द्रीय परिषद्को भेला उद्घाटन गर्दै आज उहाँले पार्टीका सबै कार्यकर्ता लोकतन्त्र र सङ्घीयताको प्रवर्द्धन गर्न लाग्नुपर्ने जोड दिँदै  जनताको पक्षमा काम गर्न निर्देशन दिनुभयो । 

    उहाँले मुलुकमा सत्ता समीकरण परिवर्तन हुनु सामान्य भएको भन्दै यस विषयमा धेरै चिन्ता लिनु आवश्यक नभएको चर्चा गर्नुभयो । 

    त्यस अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेपालको संविधानअनुसार प्रदेश सरकार सञ्चालन भइरहेको बताउनुभयो । उहाँले वर्तमान प्रदेश सरकारले जनभावनाअनुसार कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै विकासको प्रतिफल जनताको घर÷घरमा पु¥याउने अठोट व्यक्त गर्नुभयो । 

    मुख्यमन्त्री कार्कीले भौतिक विकासको दीर्घकालीन स्थायित्वका लागि मानवीय विकासका लागि प्रदेशका जहेन्दार विद्यार्थीलाई प्राविधिक शिक्षाका अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरेको बताउनुभयो । उहाँले प्रदेश सरकारले १० वर्ष मुनिका लागि बालिबालिकाको निःशुल्क उपचार व्यवस्था गरेको बताउनुभयो । 
 
    ट्रेड युनियनका केन्द्रीय अध्यक्ष जनार्दन भट्टराई र  प्रदेश सरकारका पूर्वमन्त्री गयानन्द मण्डलले सङ्घीय लोकतन्त्रमा जनताले आफ्नो घर अगाडि सरकारको अनुभूति प्राप्त गरेको हुनाले यसलाई सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  २०:५०
प्रतिक्रिया दिनुहोस्