नेभिगेशन
समाचार

इलाम उपनिर्वाचनः एकीकृत समाजवादीका उम्मेदवारलाई सहयोग गर्न खनालको आग्रह

इलाम - पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गर्नुभएको छ । 

    दल तथा स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता गराउने क्रममा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईलाई सहयोग गर्न अपिल समेत गर्नुभयो । 

    उहाँले नेपालको राष्ट्रिय राजनीतिमा अस्थिरता बढेको भन्दै वर्तमान सत्ता गठबन्धनलाई टिकाएर अघि बढाउनुको विकल्प नभएको बताउनुभयो । 

इलामका जनताको खुसी ल्याउन उम्मेदवारीः रास्वपा 
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं श्रम तथा रोजगारमन्त्री डिपी अर्यालले इलामका जनताको मुहारमा खुसी ल्याउनका लागि आफ्नो पार्टीले यहाँ हुने उपनिर्वाचनमा  उम्मेदवार दिएको बताउनुभयो । मन्त्री अर्याल उम्मेदवार  मिलन लिम्बूको मनोनयनपत्र दर्ताका क्रममा आज इलाम आइपुग्नुभएको हो ।

उहाँले इलामको समृद्धि र विकासका लागि पनि युवा उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । विभिन्न पार्टीका नेताहरूले आफ्नो पार्टीलाई जिताउन आग्रहसहित घरदैलो गरेर जनतासमक्ष मत मागिरहनुभएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार