आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न उत्पादन बृद्धि र निर्यातमुलक उद्योग आवश्यक : केपी ओली

बिहीबार, चैत २२, २०८०

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नका लागि उत्पादन बृद्धि र निर्यातमुलक उद्योगहरु स्थापनामा जोड दिनुपर्ने बताउनु भएको छ ।

नेकपा (एमाले) केन्द्रीय उद्योग, ब्यापार तथा आपूर्ति बिभागको बैठकलाई आज सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले त्यसका लागि उद्योग ब्यापार सम्वन्धमा उपर्युक्त नीति निर्माण गर्नुपर्ने बताउनुभएको हो ।

उद्यमशिलताको विकासले प्रयाप्त रोजगारीका अवसर सिर्जना गर्ने चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले अवस्थाको विश्लेषण गरेर आवधिक योजना, कार्यक्रम र नीति बनाउन जरुरी रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा उहाँले आगामी बजेटमा उद्योग,ब्यापार र आपूर्ति क्षेत्रमा अवलम्वन गर्नुपर्ने नीतिबारे पार्टीलाई सुझाव दिन विभागलाई निर्देशन दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  २१:२३
प्रतिक्रिया दिनुहोस्