प्रतिनिधि सभा उप–निर्वाचन

इलाम–२ मा माओवादीले उम्मेदवारी फिर्ता लियो, एमाले उम्मेदवार सुहाङलाई सघाउने निर्णय

बिहीबार, चैत २२, २०८०

झापा– आगामी वैशाख १५ मा हुने प्रतिनिधि सभाको उप–निर्वाचनमा इलाम–२ मा एमालेलाई सघाउने निर्णयसहित नेकपा माओवादी केन्द्रले उम्मेदवारी फिर्ता लिएका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति भएअनुसार माओवादीका उम्मेदवार धिरेन्द्र शर्माले एमालेका सुहाङ नेम्वाङलाई सघाउने भएका हुन्। 

केन्द्रको निर्देशनअनुसार नै उम्मेदवारी फिर्ता लिने शर्माले बताए।

एमालेबाट सुहाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, एकीकृत समाजवादीले जीतबहादुर राई, जनमतबाट प्रेमदीप थाम्सुहाङ, पहिचानवादीबाट डगेन्द्रसिंह थेगिमले उम्मेवार बनेका छन्।
 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्