नेभिगेशन
समाचार

कांग्रेसले आज पनि उम्मेदवार टुंगो लगाउन सकेन

काठमाडौँ -  नेपाली कांग्रेसले इलाम–२ मा हुने उपनिर्वाचनको उम्मेदवार बुधबार पनि टुंगो लगाउन सकेन । संस्थापन पक्ष र इतर पक्षबीच कुरा नमिल्दा उम्मेदवार छनोट हुन नसकेको हो ।

कांग्रेसमा भेषराज आचार्य र डम्बर खड्का इलाम- २ मा मुख्य प्रत्याशी हुन् । शेखर कोइराला नेतृत्वको संस्थापनइतर पक्षले आचार्यलाई टिकट दिनुपर्ने माग गरिरहेको छ । तर, सभापति शेरबहादुर देउवा सहमत छैनन् ।

आज पनि कुरा नमिलेपछि भोलि फेरि बैठक बस्ने गरी नेताहरु उठेका छन् । भोलि बिहान ९ बजे संसदीय बोर्डको बैठक बोलाइएको छ ।

यसैगरी दिउँसो कार्यसम्पादन समितिको बैठक दिउँसो ३ बजे बस्ने छ । कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बैठक सहमति नजिक रहेको दाबी गरे । आकांक्षीहरुसँग समेत छलफल गरेर सहमतिमा उम्मेदवार चयन गरिने उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार