Nic Ad Nic Ad
Nic Ad Nic Ad

इलाम–२ उपनिर्वाचनः गगन, शेखरदेखि शशांकसम्म भेषराजको प्रस्ताव गर्छन्, देउवा मान्दै मान्दैनन् 

बुधबार, चैत २१, २०८०

काठमाडौं– इलाम–२ मा आगामी महिनाको १५ गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनको उम्मेदवार छान्ने दबाबमा छन्, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। 

samridhi jewllers

संसदीय बोर्डको बैठकमा इतर समूहका नेता शेखर कोइरालादेखि महामन्त्री गगन थापा र पूर्वमहामन्त्री शशांक कोइरालाले लामो समयदेखि संगठन निर्माणमा सक्रिय भेषराज आचार्यलाई उम्मेदवार तय गर्नका लागि देउवालाई भनिरहेका छन्। तर, उनी मान्दै नमानेपछि मंगलबार निर्णय हुन सकेन। 

बुधबार उम्मेदवार तय गर्नेगरी बैठक सकिएको थियो। देउवासमक्ष भेषराज आचार्यलाई उम्मेदवार बनाउन सबैभन्दा बढी जोड महामन्त्री गगन थापाले गरेका थिए। देउवाले नमानेपछि शेखर र शशांकलाई थापाले सभापति नमानेको र मनाउनका लागि आग्रह गरेका थिए। 

देउवा भने गत निर्वाचनमा एमालेका दिवंगत नेता सुवास नेम्वाङसँग पराजित भएका डम्बर खड्कालाई उम्मेदवार बनाउन चहान्छन्। जबकि, इलामबाट आचार्यलाई उम्मेदवार बनाउने सिफारिस एक नम्बरमा रहेको छ। 

कांग्रेसका ७ जनाको नाम सिफारिस भएको थियो।
 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्