फ्रेन्डसिप कपमा आज नेपालले गुजरातसँग खेल्दै

बुधबार, चैत २१, २०८०

काठमाडौँ - भारत टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज गुजरात क्रिकेट एसोसियसनको टिमसँग खेल्दै छ । गुजरातको भापीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुदै छ ।

यस फ्रेन्डसिप कपमा नेपालले यसअघि लगातार दुई खेलमा जित हासिल गरेर फाइनल नजिक पुगेको छ । नेपालले यस अघि गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै नेपालले मंगलबार बरोडा क्रिकेट एसोसियसनको टिमलाई २७ रनले पराजित गरेको थियो ।

त्यसैगरी गुजरात क्रिकेट एसोसियसनले सोमबार सम्पन्न खेलमा बरोडालाई ५ विकेटले पराजित गरेको थियो भने बरोडाले अहिलेसम्म जित हासिल गर्न सकेको छैन ।

अब नेपालले अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ । त्यस्तै शिर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन् ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०९:२१
प्रतिक्रिया दिनुहोस्