गाजा आक्रमणमा खाद्यान्न झार्दै गरेका ७ सहायताकर्मीको मृत्यु

मंगलबार, चैत २०, २०८०

अमेरिकास्थित एक परोपकारी संस्थाले साइप्रसबाट समुन्द्री मार्ग हुँदै गाजामा वितरण गर्न लगिएको खाद्यान्न सामग्री झार्र्ने क्रममा इजरायली आक्रमणमा आफ्ना सात कर्मचारीको मृत्यु भएपछि गाजाको सहायता अभियान स्थगन गरिएको मङ्गलबार जनाएको छ ।

इजरायली सेनाले अल–शिफा अस्पताल र त्यस वरपर दुई हप्ता लामो सैन्य अभियानलाई समाप्त गरेपछि सोमबारको मृत्यु भएको हो । आक्रमणमा इजरायली सेनाले घेरिएको क्षेत्रको अस्पतालको सबैभन्दा ठूलो भवन जलेको र भग्नावशेषमा परिणत बनेको छ ।

“गाजामा आईडीएफको आक्रमणमा हाम्रो टोलीका सात जना सदस्य मारिएका छन्,” अमेरिकास्थित च्यारिटी ‘वल्र्ड सेन्ट्रल किचन’ले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मृत्यु हुनेमा अस्ट्रेलिया, पोल्याण्ड, संयुक्त अधिराज्य, अमेरिका र क्यानडाका नागरिक र प्यालेस्टाइनका नागरिक रहेको र त्यसको जवाफमा उसले यस क्षेत्रमा आफ्नो अभियान रोकेको घोषणा गरेको छ ।

सहायता समूहले भनेको छ, “इजरायली सेनासँग समन्वयकारी गतिविधिसँगै सहायतासहित पुगेका ट्रकबाट १०० टन भन्दा बढी मानवीय खाद्य सहायताका लागि सामान झारी देइर अल–बलाह गोदामबाट बाहिर निस्कँदै गर्दा आक्रमण गरिएको जनाएको छ ।

इजरायली सेनाले यस दुखद घटनाको परिस्थिति बुझ्न उच्च स्तरमा गहन समीक्षा गरिरहेको र प्यालेस्टिनीहरूलाई सहायता प्रदान गर्ने प्रयासमा ‘डब्ल्यूसीकेसँग नजिकबाट काम गरिरहेको’ बताएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्