आयरल्यान्ड ए माथि नेपाल ए को रोमाञ्चक जित

सोमबार, चैत १९, २०८०

काठमाडौँ- नेपाल ए ले आयरल्याण्ड ए लाई पराजित गरेको छ । टी-२० सिरिको अन्तिम खेलमा नेपालले आयरल्याण्डलाई ३ रनले पराजित गरेको हो ।

नेपालले दिएको २१४ रनको लक्ष्य पछाएको आयरल्याण्डले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाए पछि खेल नेपाल ए ले ३ रनले जितेको हो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको थियो ।

नेपाल ए का लागि आरिफ सेखले सर्बाधिक ९३ रन बनाएका थिए । आरिफले ४८ बल खेल्दै अविजित ९३ रन बनाए । त्यस्तै रसिद खानले २४ रन बनाएका थिए भने बसिर अहमदले १९, कमल सिंह ऐरीले १९, पवन सराफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाएका थिए ।

त्यसैगरी आयरल्याण्ड वोल्भ्सका लागि फिओन हान्डले २ विकेट लिएका थिए भने लियाम म्याकार्थी, म्याथ्युज फोस्टर, ग्यारेथ डेलानी र गाभिन होयले एक एक विकेट लिएका थिए ।

योसँगै आयरल्याण्ड वोल्भ्सले टी-२० सिरिज २-१ ले जितेको छ । अब नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीच तिन खेलको एकदिवसीय सिरिज खेल्ने छ । सिरिजको पहिलो खेल बुधबार हुने छ ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्