नेभिगेशन
समाचार

पत्नी तथा नाउपा अध्यक्ष श्रेष्ठका स्वकीय सचिवलाई रेशम चौधरीले दिए ज्यान मार्ने धम्की!

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष तथा पत्नी समेत रहेकी रन्जिता श्रेष्ठका प्रमुख स्वकीय सचिव रमेश विकलाई रेशमलाल चौधरीले ज्यान मार्ने धम्की दिएको दाबी गरिएको छ। 

बिकले सोमबार पत्रकार सम्मेलन गरी चौधरीले आइतबार राती फोन गरेर ज्यान मार्ने धम्की दिएको र सोमबार केन्द्रीय कार्यालयमा आक्रमण गराएको बताए।

सुदूरपश्चिम सरकारमा मुख्यमन्त्री पाउने भएपछि अहिले कांग्रेसका कमलबहादुर शाहको सरकार फर्ने प्रस्तावसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गर्न नाउपा अध्यक्ष श्रेष्ठसहितका नेता जाने भएपछि विकलाई चौधरीले धम्की दिएको खुलासा भएको हो। 

चौधरी अहिलेको सत्ता गठबन्धनमा जाने पक्षमा छैनन् भने अध्यक्ष श्रेष्ठ सरकारको समीकरणमा बस्न चहान्छिन्। उता सुदूरपश्चिममा आफू नेतृत्वको सरकार बनाउने र केन्द्रमा पनि मिल्ने श्रेष्ठको तयारी थाहा पाएपछि चौधरीले केन्द्रीय सदस्य समेत रहेका विकलाई टेलिफोन गरेर बालुवाटार गए ज्यान लिने भनेका थिए।

सोमबार पार्टी केन्द्रीय कार्यालय अनामनगरमा श्रेष्ठ पक्षधरका संस्थापक केन्द्रीय सदस्यको बैठकमा रेशम चौधरी आफैं प्रवेश गरी हातपातमा उत्रिएको पनि बताइएको छ।

तर चौधरीले ज्यान मार्ने धम्की दिएको स्वीकार गरेका छैनन्। बैठकका क्रममा भनाभनचाहिँ भएको बताएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार