नेभिगेशन
समाचार

ढल्नै लागेको बागमती सरकार जोगियो, नेकपा एसले मुख्यमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं– विश्वासको मत नपाउने स्थितिमा ढल्नै लागेको बागमती प्रदेश सरकार जोगिने स्थितिमा पुगेको छ। मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई अन्तिम अवस्थामा नेकपा एकीकृत समाजवादी (एस)ले विश्वासको मत दिने निधो गरेको छ। 

आलोपालो मुख्यमन्त्री पाउने लिखित सहमति भएपछि विश्वासको मत दिने निर्णय भएको नेकपा एस उच्च स्रोतले जनायो। यसो हुँदा मुख्यमन्त्रीमा तत्कालका लागि जम्मकट्टेलले विश्वासको मत पाउने निश्चित भएको हो। 

बागमतीमा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका दुई सांसद छन्। यस्तोमा राप्रपा र नेमकिपाले विश्वासको मत नदिने भएका छन्।

अब जम्मकट्टेलको पक्षमा एमाले, माओवादी, नेकपा एस र हाम्रो नेपाली पार्टीको गरी ५७ मत देखिन्छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार