नेभिगेशन
समाचार

नाउपाका पति–पत्नी विवादको ‘इफेक्ट’ : केन्द्रीय कार्यालयमा दुई पक्षबीच कुटाकुट

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रन्जिता श्रेष्ठबीचको विवादले उग्र रुप लिन थालेको छ। 

सम्बन्धमा पति–पत्निी रहेका चौधरी र श्रेष्ठ हालको सत्ता समीकरणमा जान नहुने र जानुपर्ने विषयमा विभाजित छन्। त्यहि विषयमा केन्द्रीय कार्यालय अनामनगरमा बसेको बैठकमा दुई पक्षबीच कुटाकुट भएको बताइएको छ। 

स्रोतका अनुसार केन्द्रीय सदस्य टिकापुरका मेयर रामलाल डगौरा र नेता रमेश विक कुटिएका हुन्। 

यो विवादको चरम उत्कर्ष सुदूरपश्चिम प्रदेश सरकारमा समेत देखिएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार