नेभिगेशन
समाचार

प्रस्तावित महालेखा परिक्षक रायाको संसदीय सुनुवाई प्रक्रिया अगाडि बढ्यो

काठमाडौं– संवैधानिक परिषदले महालेखा परिक्षकमा सिफारिस गरेका तोयम रायाको संसदीय सुनुवाई प्रक्रिया सोमबारदेखि सुरु भएको छ। 
संसदीय सुनुवाई समितिको बैठकले १० दिने सूचना जारी गर्ने निर्णय गरेको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।
आइतबार बिहान बसेको परिषदको बैठकले रायालाई महालेखा परिक्षकका लागि सिफारिस गरेको थियो। १० महिनासम्म रिक्त रहेको उक्त पदमा पूर्वअर्थसचिव रायाको सिफारिस गरिएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार