रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सिंहदरबार अगाडि पुगेका अभियन्ता पक्राउ

सोमबार, चैत १९, २०८०

काठमाडौं– रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षा तथा मृत्यु भएकाको शव नेपाल फिर्ता ल्याउनका लागि सरकारलाई दबाब दिन सिंहदरबार गेटमा पुगेका १४ अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ। 

सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्दै सम्पर्कविहीन भएकाको खोजी, मृत्यु भएकाको शव फिर्ता र अलपत्रहरुको उद्दारमा सरकारले चासो नदिएको भन्दै अभियन्ता कृतु भण्डारीसहितले प्रदर्शन गर्ने क्रममा प्रहरीले धरपकड गरेको हो।

रुसी सेनामा रहेका नेपालीलाई फिर्ताको लागि सरकारले पहल गरेको परराष्ट्र मन्त्रालयले जनाएको थियो। तर, नेपालमा रहेको रुसी दूतावासले भने नेपाली फर्किन नचाहेको प्रतिक्रिया दिएको थियो। 

रुस–युक्रेन युद्धमा रुसी सेनामा रहेर नेपालीले ज्यान गुमाइरहेका छन्। अवैध बाटो हुँदै उनीहरु रुससम्म पुगेका विवरण आएका थिए।
 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्