Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुन तस्करी प्रकरणः महराको बयान सकिएको छैन, म्याद थपिने सम्भावना

बिहीबार, चैत ८, २०८०

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको बयान लिने क्रम जारी रहेको जनाएको छ। 

नर्भिक अस्पतालमा उपचाररत हिरासतमा रहेका महरासँग बिहीबार पनि बयान हुने सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) श्यामलाल ज्ञवालीले क्यानडानेपाललाई जानकारी दिए। 

सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा महरालाई पक्राउ गरी बयान लिने क्रम जारी छ। उनलाई अदालतले चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो। 

बयान नसकिएको खण्डमा महराको म्याद थपिन सक्ने बताइएको छ। 
 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्