सीआईबीमा बयान दिएर फर्किए बिनोद चौधरी, यस्तो छ प्रतिक्रिया

बिहीबार, चैत ८, २०८०

काठमाडौं– उद्योगी तथा नेपाली कांग्रेसका सांसद बिनोद चौधरीले बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिका नाममा गरिएको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुगेर बिहीबार बयान दिएका छन्। 

सीआईबीबाट फर्किने क्रममा उनले सरकारप्रति रोष प्रकट गर्दै आफ्नो छवि धुमिल बनाउन राजनीतिकरण गरिएको प्रतिक्रिया दिए। ४५ बर्षको व्यावसायीक इतिहासमा यस्तो गरिँदा विश्वसामु पनि नराम्रो सन्देश गएको चौधरीको भनाई थियो। 

बाँसबारीको जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका उनले यसरी राजनीतिकरण गरेर बयान लिँदा रोजगारदाता, करदातादेखि युवामा जाने सन्देशका विषयमा हेक्का राख्न पनि चौधरीले सुझाव दिए।  
 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्