सहकारी ठगीमा रवि लामिछानेमाथि छानबिन गर्न कांग्रेसद्वारा संसदीय समितिको माग

मंगलबार, चैत ६, २०८०

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गरेको छ।

कांग्रेसका तर्फबाट नेता रमेश लेखकले प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रश्नोत्तर सकेर फर्किएपछि विशेष समयमा यस्तो माग राखेका हुन्। 

त्यसअघि प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्नका लागि पर्याप्त प्रमाण नभएको जवाफ दिएका थिए। 

तर कांग्रेसले पर्याप्त प्रमाण हुँदा पनि छैन भन्नु गलत भएको जनाएको थियो। सोही क्रममा लेखकले पोखरा महानगरपालिकाको प्रतिवेदनसहित जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको जाहेरीको विषय पनि उठाएका थिए।
 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्