उद्योगी विनोद चौधरीलाई तान्न गृहमन्त्री लामिछानेसहित सचिव, आईजी र सीआईबी प्रमुखको बैठक

आइतबार, चैत ४, २०८०

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन अनुसार ठहर गरिएका अभियुक्तलाई कारबाही गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन्। 

आइतबार मन्त्रालयमा गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवरसमेतलाई राखेर लामिछानेले यस्तो निर्देशन दिएका हुन्। सरकारी जग्गा सरकारको मातहतमा ल्याउने घोषणा गरेका लामिछानेले बाँसबारी छाला जुत्ताको जग्गा व्यक्तिका नाममा लगेको प्रकरणमा उद्योगी विनोद चौधरीमाथि समेत अनुसन्धान गर्न निर्देशन दिएका हुन्। 

यस प्रकरणमा बिनोद चौधरीसँग बयान लिने तयारी रहेको स्रोतले जनाएको छ। बयान सीआईबीले लिनेछ। 

उक्त बैठकमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखमा नियुक्त गरिएका एआईजी श्यामलाल ज्ञवालीलाई समेत राखिएको थियो।

बाँसबारी जग्गा प्रकरणमा यसअघि सीआईबीले बिनोद चौधरीका भाई अरुणलाई पक्राउ गरेको थियो। धरौटीमा रिहा भएका उनीमाथि अनुसन्धान जारी रहेको छ। 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्