नेभिगेशन
सुरक्षा–अपराध

सीआईबी चिफ!

काठमाडौं– नेपाल प्रहरीका महानिरिक्षक (आईजी)को कमान्डमा रहे पनि विभिन्न राजनीतिक दल सत्तामा पुग्दा यसको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई स्वायत्त जसरी नै प्रयोगको शिलशिला चलेको थियो।

तत्कालिन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने दोस्रो पटक मन्त्रालयमा पुग्दा सुन तस्करी छानबिन प्रकरणका नाममा आफ्ना चहिता मानिएका तत्कालिन एआईजी श्याम ज्ञवालीलाई सीआईबी प्रमुखमा हतार–हतार सरुवा गरेका थिए।

उनले सीआईबीको राम्रो कमान्ड सम्हालिरहेकी तत्कालिन प्रमुख रहेकी एआईजी किरण बज्राचार्यलाई कर्नरमा बनाए जबकि उनीअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रभावकारी रुपमा बज्राचार्यलाई विश्वास गरेका थिए। 

तर, श्रेष्ठले पनि तत्कालिन आईजी बसन्तबहादुर कुँवरलाई सीआईबीको समानान्तर राख्ने प्रयत्न गरेका थिए। 

‘लामिछानेले त सीआईबीबाटै प्रहरी हस्तक्षेप बढाएको आरोप लागेको थियो। त्यसको मुखौटा बनेका ज्ञवालीले त्यस्ता विभिन्न चरणका काम गरेको पनि देखिन्थ्यो’, अनुभवी र सहकर्मी अहिले बताउँछन्।

जब हालका आईजी थापा सीआईबीको प्रमुख बनेर सरुवा भए उक्त निकाय स्वायत्त हिसाबले चल्न थाल्यो। एक हिसाबले भन्दा लय समात्यो। 

यहि लयलाई गतिशिल बनाउने जिम्मेवारीमा उक्लिएका छन् हालै बढुवा भई सीआईबीको नेतृत्व सम्हालेका एआईजी चन्द्रकुबेर खापुङ।

थापा आईजी नियुक्त अघि उनकै सेकेन्डम्यान रहेका खापुङ रिक्त रहेको सीआईबीको निमित्त प्रमुख बने। एआईजीमा बढुवा भएपछि सोही निकायको प्रमुखमा पदस्थापन भएका छन्, मंगलबारबाट।

‘नेपाल प्रहरीमा एउटा अनुभवी अधिकारी हुन् खापुङ। उनले अपराध अनुसन्धानमा अब्बलता होइन, सीआईबीको नेतृत्वमा प्रभावकारी काम गर्ने विश्वास छ’, एकजना पूर्वआईजीले भने,‘उनले हामीसँग काम गर्दा पनि राम्रो दक्षता देखाए। जसका कारणले नै कार्य सम्पादन तथा मूल्यांकनमा एक नम्बर भएका हुन्।’

एआईजी खापुङसँग कर्मचारी प्रशासनदेखि प्रदेश नेतृत्व सफलताका साथ चलाएको दक्षता मात्र छैन, अब सीआईबीको निर्देशकीय पद सम्हालेर नेतृत्वमा पुग्न सक्ने अब्बलता पनि छ। प्रहरीमा उनलाई भावी आईजीका रुपमा पनि हेरिएको छ।

नेपाल प्रहरीको प्रस्तावित ऐन पारित भई कार्यान्वयनमा नगएको खण्डमा खापुङ भावी आईजी तथा हालका प्रमुख थापाका उत्तराधिकारी हुन्। नयाँ प्रहरी ऐन जारी नभएको खण्डमा खापुङले ३२औं आईजी हुने मौका पाउनेछन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

रेशम चौधरी पक्राउ