इटहरी उपमहानगरपालिकाका प्रहरीको गुन्डाराज, विवादमा तानिए मेयर हेमकर्ण पौडेल

बिहीबार, चैत १, २०८०

इटहरी– इटहरी उपमहानगरपालिकाका नगर प्रहरीले दिन दहाडै गुन्डाराज शैलीमा पत्रकारमाथि हातपात सुरु गरेका छन्। 

इटहरी उपमहानगरको बेथिति र कानुनमाथि गरेको छेडखानीका विषयमा समाचार लेखेपछि पत्रकार कृष्ण बहाबमाथि उनीहरूको गुन्डागर्दीको चर्को विरोध हुँदा मेयर हेमकर्ण पौडेल पनि विवादमा तानिएका छन्। 

सिटी सफारी चालकहरूले गरेको आन्दोलनको फोटो तथा भिडियो खिच्ने क्रममा इटहरी उप महानगरका नगर प्रहरीले पत्रकार बहाबको क्यामरा खोस्दै दुर्व्यवहार गरेका थिए। अदालतको मुद्दा जित्न पालिकाले बनाउने शिक्षा ऐनमा छेडखानी गरेको समाचार लेखेका बहाबलाई टार्गेटमा राखिएको थियो।

सो ऐन निर्माणका कारण मेयर पौडेल विवादमा तानिएका थिए। 

नगर प्रहरीले गरेको हर्कतको नेपाल पत्रकार महासंघ सुनसरी, प्रेस चौतारी नेपाल सुनसरीले बिरोध गरेका छन्। 

नगर प्रहरीहरुले पत्रकार बहावलाई रोकेर मोबाइल खोस्ने, धकेल्ने, कुट्ने र पत्रकार हुँ भन्दा भन्दै पनि ‘पत्रकार होस्, ठेगानमा बस् नभए ठेगान लगाइदिउँला’ भन्ने जस्ता धम्की दिएका थिए। 
 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्