कुवेतको सिसाइडमा कारको ठक्करबाट तीन नेपाली युवाको मृत्यु 

बिहीबार, चैत १, २०८०

काठमाडौं– कुवेतको महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान कारले ठक्कर दिँदा तीन नेपाली युवाको मृत्यु भएको छ। 

कुवेतको पापाजोन कम्पनीमा कार्यरत तीन नेपाली युवाको मृत्यु भएको त्यहाँस्थित नेपाली नियोगले पुष्टि गरेको छ। 

काठमाडौं सानो भर्याङका सुजन कार्की, पन्चदेवल विनायक–५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछाने मगरको मृत्यु भएको हो। 

मृतकका परिवार र कम्पनीसँग सम्पर्कमा रहेर शवहरु नेपाल पठाउन आवश्यक प्रक्रिया अगाडि बढाइएको त्यहाँस्थित नेपाली नियोगका अधिकारीले क्यानडानेपाललाई जानकारी दिए। 

सँगै बसेका साथी बिहान काममा फर्किनका लागि बस चढ्ने बेला कारले ठक्कर दिएको थियो। घटनास्थलमा नै उनीहरूको मृत्यु भएको कुबेतस्थित अखबारले लेखेका छन्। कार चालकलाई पक्राउ गरी अनुसन्धान थालिएको त्यहाँस्थित प्रहरीले जनाएको छ।

 

तस्बिर स्रोत– अनलाइनखबर डटकम 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्