सेयर बजारमा सामान्य गिरावट

बुधबार, फागुन ३०, २०८०

काठमाडौं- नेप्से परिसूचक सामान्य अंकले घटेको छ । बुधबार २.४८ अंकले घटेको सेयर बजार २१०८.७२ विन्दुमा आएर बन्द भएको छ । 

यसदिन ३१० कम्पनीको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ९४ कम्पनीको सेयर मूल्य बढ्दा १३३ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १६ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो । 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार