सेयर बजारमा उच्च अंककाे वृद्धि

मंगलबार, फागुन २९, २०८०

काठमाडौं- नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

आज शेयर बजार नेप्से परिसूचक ५८ दशलमव ५८ अंकले बढेर २,१११ दशमलव २४ को विन्दुमा कायम भएको छ ।

मंगलबार सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै जीवन बीमा उपसूचक, निर्जीवन बीमा उपसूचक र माइक्रोफाइनान्स उपसूचक सर्वाधिक बढेको हो ।

आज २२० कम्पनीको शेयर मुल्य बढेको छ भने २२ वटा कम्पनीको मात्रै शेयर मुल्य घटेको छ । मंगलबार ३०५ कम्पनीको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभनदा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । यसदिन कम्पनीको ३७ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै सोनापुर मिनरल्सको २४ करोड ९ लाख रुपैयााको शेयर कारोबार भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५२ लाख रुपैयााको शेयर कारोबार भएको छ । हिमालयन रिइनस्योरेन्सको १५ करोड ७१ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार